तेस्रो स्टार म्युजिक भिडियो अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक (सुचि सहित)

...

फागुन, काठमाडौं । ‘स्टार म्युजिक भिडियो अवार्ड’को तेस्रो संस्करणको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । गत शनिबार काठमाडौंको जमलस्थित ‘यल्लो पागोडा होटल’मा आयोजीत समारोहमा जम्मा ४८ बिधाको अवार्डको उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई प्रमाणपत्र वितरण गरियो । 

star-music-video-award-news-artist-khabar.jpg

कार्यक्रममा परराष्ट्र मन्त्री नारायण प्रकाश साउद प्रमुख अतिथिको रुपमा उपस्थित थिए । साथै चलचित्र बिकाश बोर्डका अध्यक्ष अभिनेता भूवन केसी, गायिका देविका बन्दना, कलाकार किरण केसी, दिपाश्री निरौला, म्युजिक भिडियो कलाकार संघकी अध्यक्ष सम्झना बुढाथोकी, कलाकार पल्पसा डंगोल, प्राबिधिक संघका अध्यक्ष पुस्कर लामा, संगीतकर्मी तिलक सिंह पेला, सुवास रेग्मी,  गीतकार एक नारायण भण्डारी, कोरियोग्राफर कबिराज गहतराज लगायतका अतिथिहरुको बाक्लो उपस्थिती थियो । 

star-music-video-award (11).jpg

कार्यक्रममा प्रमुख अतिथि साउदले अवार्ड आयोजकलाई शुभकामना दिए । उनले अवार्डले कलाकारहरुलाई थप उर्जा मिल्ने भन्दै उत्कृष्ट पाँचमा पर्न सफल कलाकर्मीहरुलाई बधाई तथा अवार्ड जित्नका लागी शुभकामना दिएका थिए । साथै बिशिष्ट अतिथि भूवन केसीले आफूले रेडियो नेपालमा गीत गाउँदाको समयको स्मरण गर्दै अवार्डको उत्कृष्ट पाँचमा पर्नुपनि आफैमा बिजेता सरह भएको भन्दै सम्पुर्णलाई बधाई दिए ।

star-music-video-award (1).jpg

आयोजक संस्था ग्रेट नटराज फिल्मस्का अध्यक्ष अशोक विश्वकर्माले अवार्डको दुईवटा संस्करण भब्य रुपमा सम्पन्न भएको र यसपटकको तेस्रो संस्करण पनि भब्य र सब्य हुने जानकारी गराए । साथै उनले अवार्ड समारोहको मिति केहि समय पछि तोकिने जानकारी दिए । अवार्डका संयोजक मदन गजमेर र प्रशान्त आग्रीले नेपाली संगीतक्षेत्रमा भइरहेका अन्य अवार्ड भन्दा यसअवार्डको गरिमा बढ्ने काम गरिरहेको र कलाकर्मीहरुको मनमा बस्ने अवार्ड हुन पाएकोमा खुसी ब्यक्त गरे । अवार्डको यस तेस्रो संस्करणको जुरीमा गीतकार एक नारायण भण्डारी, गायक तथा संगीतकार तिलक सिंह पेला, निर्देशक बाबुराजा केसी (उज्जवल) र कोरियोग्राफर कबिराज गहतराज रहेका थिए ।

तेस्रो स्टार म्युजिक भिडियो अवार्डको उत्कृष्ट ५ मनोनयनको सूचि यसप्रकार रहेको छ । 

4th-star-music-video-award (11).jpeg

 

4th-star-music-video-award (2).jpeg

4th-star-music-video-award (33).jpeg

4th-star-music-video-award (4).jpeg

4th-star-music-video-award (5).jpeg