यसबर्षको व्यक्ति सम्मानमा नारायण रायमाझी र दिपाश्री सम्मानीत

...

चैत, काठमाडौं । ‘फिल्मीखबर साप्ताहिक’ पत्रिकाले गतबर्ष देखी सुरु गरेको बर्ष व्यक्ति सम्मानमा यसबर्ष पनि २ जनालाई सम्मान गरेको छ । हरेक बिहिबार प्रकाशन हुँदै आएको यस पत्रिकाले आफ्नो सातौ बार्षिकोत्सव मनाउँदै एक पुरुष र एक महिलालाई बर्षव्यक्ति सम्मान गरेको हो ।

Deepa shree and narayan raymajhi
राजधानीमा एक कार्यक्रम गर्दै व्यक्ति सम्मान पुरुषतर्फ फिल्म परदेशीका निर्देशक नारायण रायमाझीलाई सम्मानित गरियो । उनलाई सम्मानपत्र सहित बर्ष व्यक्ति घोषित गरिएको हो । निर्देशक तथा गीतकार रायमाझीले आफूलाई यो सम्मानले अझ काम गर्न उत्साह थपिएको बताए ।

यस्तै, बर्ष व्यक्ति महिलातर्फ हाँस्य कलाकार दीपाश्री निरौलालाई सम्मानित गरियो । कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्मानित २ फिल्मकर्मीलाई सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा अभिनेता, अभिनेत्री, हाँस्य कलाकारदेखि फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिती थियो ।