वसन्त र सुमीको स्वरमा ‘चुम्मा चपक्कै’ सार्वजनिक

...

फागुन, काठमाडौँ । नयाँ गीत ‘चुम्मा चपक्कै’ सार्वजनिक गरिएको छ । गीतमा गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वर रहेको छ । प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् ।गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् । गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभुषामा आकर्षक देखिएको छ ।गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।

भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गायिका सुमी पराजुली नेपाली गायनमा सम्भावना बोकेकी गायिका हुन् । त्यस्तै गायक वसन्त थापा विशेषतः नेपाली लोकगीतमा परिचित नाम हुन् । उनका थुप्रै गीत बजारमा आइसकेका छन् ।