मिट्पार्क रेस्टुराँमा काजी बा र दारी बा

...

चैत, काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सन्चालनमा आएको मिट्पार्क—नन्भेज हेभन रेस्टुराँको शुभारम्भमा लोकप्रिय कलाकार रामचन्द्र अधिकारी (काजी बा) र सुरबिर पण्डित (दाह्री बा) पुगेका छन् । डेढ करोड रूपैयाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँका सन्चालक किरण गौतमको निम्तालाई स्विकार गर्दै कलाकारद्धय अवलोकन गर्न पुगेका हुन् । 

meat-park-restaurent (2).jpg

यहि चैत ३ गते पुगेका कलाकार अधिकारीले रेस्टुराँका परिकार टेस्ट गर्दै स्वादिष्ट रहेको प्रतिक्रिया दिए । उनले धेरै ठाउँमा आफूहरु पुग्ने गरेको र  मिट्पार्कमा पाउने परिकारको टेस्ट साँच्चै नै स्वादिष्ट र अन्य ठाउँमा भन्दा फरक भएको महसुस गरे ।  किरण गौतम, प्रकाश सापकोटा लगायत तीन जनाको लगानीमा रेस्टुराँ सञ्चालनमा आएको हो । यस्तै कलाकार पण्डितले युवाहरु मिलेर स्वदेशमै गरेको ब्यापार बिजनेसलाई सबैले प्रोत्साहन गर्नुपर्ने बताए ।

meat-park-restaurent (3).jpg

मिट्पार्क—नन्भेज हेभन रेस्टुराँले आफ्नो मेनुमा उपलब्ध परिकारहरूमा चैत महिनाभरी १० प्रतिशत छुटको व्यवस्था गरेको छ । सञ्चालकका अनुसार दुई वटा बियर खरिद गर्दा एक पुन्टे बियर र एक सेट सेकुवा निःशुल्क उपलब्ध गराईने छ । दाउराको आगोमा बनाईने सेकुवा यहाँको विशेष परिकार हो । यसबाहेक चिकेनका बिभिन्न आइटमहरु यहाँ उपलब्ध छन् । तीन वटा बेग्ला–बेग्लै क्याबिनको सुबिधा भएको मिट्पार्कमा एकै पटकमा १ सय ५० जना बस्न मिल्ने क्षमता छ । 

बिभिन्न पेन्टिङ र आकर्षक सजावट भएको मिट्पार्कमा जन्मदिन, पास्नी, भोज, वार्षिकोत्सव लगायत अन्य बिशेष कार्यक्रमहरु पनि सेलिब्रेट गर्न सकिने छ । सानीमा बैंकको छेउमै रहेको मिट्पार्कमा पर्याप्त पार्किङको सुविधा समेत छ ।