युवा उद्यमशील जागरण नेपालको रक्तदान कार्यक्रममा कलाकारदेखी सर्वसाधारणले रगत दान गरे

...

चैत, काठमाडौँ । युवा उद्यमशील जागरण नेपालले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा सर्वसाधारण देखी कलाकारहरुले रगत दान गरेका छन् । सोमबार बिहान ८ः३० देखी १२ः३० सम्म बागबजारमा आयोजीत कार्यक्रममा झण्डै ६० जनाले रक्तदान गरेका थिए । जसमा केहि कलाकर्मिहरुको पनि उपस्थिती थियो । 

blood-donation-02.jpg

लोकप्रिय गायक कुमार कार्की, गायिका सिर्जना खत्री (हाउडे माया), कमेडियन राजु भुजेल लगायतको उपस्थिती रहेको थियो । पहिलोपटक रक्तदान गरेकी गायिका सिर्जनाले अबदेखी स्वास्थ्यले साथ दिएसम्म आगामी दिनमा पनि रक्तदान गर्ने बताइन् । साथै उनले आफूले दिएको रगतले कसैको जीवन बच्ने भएकाले अरुलाई पनि रक्तदान गर्न आग्रह गरिन् । यस्तै कमेडियन राजु भुजेलले पहिलोपटक रक्तदान गरे । 

blood-donation-03.jpg

कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष भाइराम खड्गीले युवा उद्यमशील जागरण नेपालले गरेको कामको प्रशंसा गरे । साथै उनले आगामी दिनमा पनि वडाबाट गर्ने सहयोग आफूले गर्ने प्रतिबद्धता जनाए । रक्तदान कार्यक्रमका संयोजक तथा सुटमालाका सन्चालक राज कार्कीले आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्ने बताए । कार्कीले अन्य कार्यक्रम भन्दा पनि रक्तदान कार्यक्रम  समय समयमा गर्नुपर्ने बताउँछन् । रक्तदान महादान भएकाले आगामी दिनमा निरन्तरता दिने उनको योजना छ ।

blood-donation-04.jpg

कार्यक्रममा मिडियाकर्मी आयुष पोखरेलसँगै आर्थिक संयोजक नरेन्द्र श्रेष्ठ, युवा व्यवसायी तथा समाजसेवी सागर कार्की, सरन थापा, राज बानिया, कमल कार्की, काजी सुन्दास, दिपक केसी, सतिस परियार, कृष्ण सापकोटा, सलिम खान, पुर्ण नेपाली, विजय सापकोटा, ममता बस्यालको उपस्थिती रहेको थियो । नेपाल रेडक्रस सोसाइटीबाट प्रतिनिधिको रुपमा रोजी श्रेष्ठ, कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सन्चारको निर्देशक पवन गुप्ताको पनि उपस्थिती थियो । कार्यक्रमको आर्टिष्ट खबर डटकम मिडिया पार्टनरको रुपमा रहेको थियो । 

तस्बिरः शिब पाण्डेय/ आर्टिष्ट खबर