पुजा शर्माको ‘दान्भी’को एक्सन दृश्यको छायांकन धमाधम

...

चैत, काठमाडौँ । चलचित्र ‘दान्भी’को गीत र एक्सनको दृश्यको छायांकन धमाधम भइरहेको छ । आगामी बर्षको जेठ १० गतेबाट प्रदर्शनमा आउने भनिएको यो चलचित्रको काठमाडौंमा छायांकन भइरहेको 

 छ । छायांकन सेटबाट नायिका पूजा शर्माका केही तस्विरहरु सार्वजनिक भएका छन् । जहाँ, पूजाको एक्सन अवतार देख्न सकिन्छ । 

वुझिएअनुसार, चलचित्रमा पूजाको इन्ट्री  दृश्यको छायांकन हाल भइरहेको छ । निर्माणपक्षले यो दृश्यलाई भव्य बनाउनका लागि कुनैपनि कसर बाँकी राखेको छैन । 

puja-sharma (2).jpg

चलचित्रको इन्ट्री दृश्यमा गीत र एक्सनलाई मिश्रण गर्ने तयारी गरिएको छ । जसअनुसार, शनिबारदेखि एक्सनको छायांकन भइरहेको हो । केही दिनपछि भने गीतको भाग खिचिने निर्माणपक्षले बताएको छ ।  यो चलचित्रमा नायिका पूजा शर्मा, नायक कुन्साङ बोमजोम र कलाकर किरण श्रेष्ठको मुख्य भूमिका छ । रुपेश तामाङ यो फिल्मका निर्देशक हुन् । फिल्ममा नवराज शर्माको मुख्य सहायक निर्देशन छ । 

एक्सनले भरिएको टिजर सार्वजनिक भएसँगै यो फिल्म चर्चामा छ । यसैले, यो चलचित्रलाई दर्शकले अपेक्षा गरे अनुसार निर्माण गर्ने कसरतमा निर्माणपक्ष लागिरहेको छ । यो चलचित्रमादेव मगर र अनुप गडालको लगानी छ । पवन राना मगर चलचित्रका कार्यकारी निर्माता हुन् ।