‘बोक्सीको घर’मा समावेश गीत ‘बुझिन मैले’ सार्वजनिक

...

चैत, काठमाडौँ । आगामी बैशाख १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ुबुझिन मैलेु सार्वजनिक गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् ।

गायक सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सार्वजनिक गीत चलचित्रको कथा हेरर तयार पारेको गीतको भिडियो र अडियो बाट बुझ्न सकिन्छ । सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष हुन्छ ।

गायक सुपतले चलचित्रको मर्म अनुसार नै आफुले गीत तयार पारेको बताएका छन् । चलचित्रको गीतमा केकीका अलवा निर्देशक तथा कलाकार सुलक्षण भारती र रमा थपलियालाई पनि फिचर्ड गरिएको छ । चलचित्रको सार्वजनिक यो गीतले दर्शकमाझ कौतुहल्ता बढाउने बुझाई निर्माण टिमको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको चलचित्र आठ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’माथि आधारित रहेर निर्माण गरिएको छ । अभिनेत्री तथा निर्मात्री केकीले सामाजिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रले समाजमा प्रचलित ‘बोक्सी’ कुप्रथालाई चित्रण गर्ने बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो ।

केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको चलचित्र नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । चलचित्रमा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

चलचित्रमा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले चलचित्रको वितरण अधिकार लिएको छ ।