हिमेश पन्तले ‘ज्वाइँ साब’मा अभिनय गर्ने

...

चैत, काठमाडौँ । हाँस्य कलाकार हिमेश पन्त नयाँ चलचित्र ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबिच चलचित्रका लागि कागजी संझौता भइसकेको छ ।

रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा यसअघि कलाकार जितु नेपाल र नायिका नीति शाह फाइनल भइसकेका छन् । राज कुमार पण्डितको निर्माणमा तयार हुने यो चलचित्रमा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन ।

यो चलचित्रलाई बसन्त निरौलाले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन वैशाखको १५ गतेबाट सुरु गर्ने तयारी गरिएको छ । चलचित्रलाई आउँदो बर्षको तिहारमा रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यो चलचित्रमा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ । चलचित्रका कार्यकारी निर्माता विजय बस्याल हुन् । चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।
हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन् ।