पल र पूजाको ‘रावायण’ को जनकपुरबाट छायांकन सुरु

...

बैशाख, काठमाडौँ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘रावायण’को छायांकन सुरु गरिएको छ । सुदर्शन थापाको निर्देशन रहने यो चलचित्रको जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु गरिएको हो । 

छायांकनको पहिलो दिन मुख्य कलाकार पल, पूजासँगै प्रमोद अग्रहरी लगायतका कलाकारल्े क्यामेरा पुजा ग्रे । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने चलचित्रका निर्मातामा सुदर्शन र पूजा  हुन् । च्ल्ीच्त्त यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ ।

rawayad (3).jpg

चलचित्रमा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ ।

चलचित्रमा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन,भीएफएक्स समिर मिया, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफि, श्री श्रेष्ठको एक्सन रहने छ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको हो । 

rawayad (2).jpg

चलचित्र वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।