चलचित्र ‘आम नागरिक’को गीत रेकर्ड

...

बैशाख, काठमाडौँ । चलचित्र ‘आम नागरिक’को गीत रेकर्ड गरिएको छ । ‘जब तिमीसँग मिठो प्यार भयो’ बोलको गीतमा पवित्रा परियारको स्वर, डा. भोला रिजालको शब्द र अर्जुन पोखरेलको संगीत छ । गीत अनामनगरस्थित ए प्लस स्टुडियोमा रेकर्ड गरिएको हो ।
चलचित्रका प्रस्तुतकर्ता पुस्कर राउत हुन् । यो चलचित्रको सार्वजनिक फस्टलुकले राम्रो चर्चा पाइरहेको छ । सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख पात्रले शरीरको पछिल्लो भागमा खुकुरी बोकेर उभिएको देखाइएको थियो । पृष्ठभूमिमा कुनै सहरको दृश्य थियो । 

विनयराज पौडेलको डेव्यु निर्देशकिय रहने चलचित्रको कलाकारहरुको हाल धमाधम छनोटका काम भइरहेको छ ।उग्रशन ढुङ्गाना र राजेन्द्र दुलाल निर्माता रहने फिल्मको छायांकन चाँडै सुरु हुने निर्माण पक्षले जनाएको छ । फिल्मको लेखन पनि स्वम निर्देशक कै रहेको छ ।

दर्जन बढी फिल्ममा मुख्य सहायक निर्देशकका रुपमा काम गरिसकेका विनयले केही म्यूजिक भिडियो र टेलिफिल्मको पनि निर्देशन गरिसकेका छन् ।