‘घरज्वाइँ’ को फर्स्टलुक पोस्टरमा देखियो दयाहाङ र मिरुनाको गाउँले रुप

...

बैशाख, काठमाडौँ । मगर संस्कृतिमा आधारित चलचित्र ‘घरज्वाइँ’ को फस्टलुक पोस्टर सार्वजनीक गरिएको छ । अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको चलचित्रका दुई डिजाइनका पोस्टर मध्ये एउटामा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर बोराको भारी बोकिरहेको देखिन्छ भने अर्को डिजाइनमा दयाहाङ, मिरुनालगायत फिल्मका सबै प्रमुख कलाकारलाई समेटिएको छ । 

फिल्मको केही साता अघि सार्वजनीक  क्यारेक्टर लुक्सले चर्चा पाइरहदै गर्दा बुधबार अफिसियल फर्स्टलुक दर्शकमाझ ल्याइएको हो ।
पूर्वी रुकुम आसपारमा करिव एक महिना छायांकन गरिएको चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवाद लेखनमा भने उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।

जिएम मुभीजको ब्यानरमा निर्माण भएको चलचित्र सुसन प्रजापतिले खिचेका हुन । चलचित्रका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएम,अष्ट्रेलियाले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । चलचित्रलाई नेपाल बितरण आर आर फिल्मसले गर्दैछ ।

असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु) ,राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छ्न ।