माया प्रेम र वियोगले भरिएको ‘जीवनको रेल’ लिएर आए गायक सिडी बिजय

...

बैशाख, काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम वियोगको कथाले भरिएको माया प्रेम अनि धोकाले भरिपूर्ण जीवनको रेल बोलको सार्वजनिक गीतमा आँफुलाई  भन्दा बढी माया गरेकी पत्निले दिएको धोकालाई कलात्मक तरिकाले वर्णन गरेको छ । त्रिकोणात्मक प्रेम कथाले भरिएको सार्वजनिक गीतका शब्द दीपेन्द्र अधिकारीका छन् ।  गीतकार अधिकारी जापानमा बसेर बेजोड गीत लेख्ने सक्ने प्रतिभाका धनी गीतकार हुन् ।

गायक सिडीकै संगीत रहेको गीतमा एरेन्ज राजु कार्कीको रहेको छ । आँफुलाई भन्दा बढी माया गरेकी आफ्नी प्राण प्यारीले दिएको धोकालाई गायक सिडी स्वयमले भिडियोमा कलात्मक तरिकाले आफ्नो निर्देशकीय कला कौशल देखाएका छन् । प्रेममा पनि यो हदसम्मको धोका हुनसक्छ भन्ने कथालाई देखाइएको भिडियोमा दिपेन्द्रराज गिरी, अलिसा बास्तोला  र श्रवन बिष्टले गज्जबको अभिनय गरेका छन् ।

सार्वजनिक भिडियोको छायांकन महेश महराले गरेका हुन् भने सम्पादन र कलरिङ  दिनशन शाहले गरेका हुन् । भिडियो डिए क्रियशन युट्युब च्यानलबाट बजारमा आएको हो ।