मोहित मुनालको आवाजमा ‘तिमी नै मेरो’ सार्वजनिक

...

बैशाख, काठमाडौँ । दुई दशक देखि संगीत क्षेत्रमा आवद्ध संगीतकार तथा गायक मोहित मुनालको आवाजमा ‘तिमी नै मेरो’ बोलको गीत सार्वजनिक गरिएको छ । रियल टाइम नेपाल युट्युव च्यानल मार्फत सार्वजनिक ३ मिनेट लामो गीतमा विजय सिहं मुनालको संगीत तथा विश्व बल्लभको शब्द रहेको छ ।

मोहित मुनालले गाएको गीतको ओरजिनल सिंगर भने बासुदेव मुनाल र ज्ञानु राना हुन् । मोहित बासुदेवका छोरा हुन् । सार्वजनिक भिडियोमा मोहित मुनाल र रोजिना सुवाल फिचर छन् । गीतको भिडियोलाई शिशिर रत्न शाक्यले खिचेका हुन् भने पवित्रा रत्न शाक्यले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन सन्तोष पौडेलले निर्देशन गरेका छन् ।