वसन्तमा मेरै कथा उठाएको छुः प्रकाश सपूत

...

बैशाख, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन, लेखन र अभिनय गर्ने पहिलो चलचित्र ‘वसन्त’मा आफ्नो कथालाई उठान गरेको बताएका छन् । उनले आफ्नो सुरुको चलचित्र भएकाले पनि सुरुमा आफ्नो कथालाई ल्याउन मन लागेको बताए । आइतबार आयोजीत कार्यक्रममा उनल भने, ‘हामीले अन्य कमर्सियल चलचित्र बनाउँ कि भनेर सोचेका पनि थियौं तर सुरुको चलचित्र भएकाले सुरुमा आफ्नै कथालाई सिध्याउँ त्यसपछि अन्य कथा खोजौंला भन्ने लाग्यो ।’ 

प्रकाशले अघि भनेका छन्, ‘म जुन पृष्ठभूमिबाट आए, त्यसको कथा देखाउन खोजेको हुँ, मलाई पहिला आफ्नो कथा भनेर सिध्याउँछु, अनि कथा खोजौं भन्ने लाग्यो । यसमा आधाउधी मेरै कथा छ । अलिअलि फिल्मीशैलीमा ढालिएको छ ।’ चलचित्रमा प्रकाशसँगै अभिनेत्री स्वस्तिमा खड्काको मूख्य भूमिका रहनेछ । कार्यक्रममा शिर्षक घोषणा बिशेष भिडिओ पनि सार्वजनिक गरियो । जसमा चलचित्रको नामसँगै निर्माण टिम र प्रकाश, स्वस्तिमाको लुक्स पनि सार्वजनिक गरिएको छ ।

Basanta-movie-prakash-saput.jpg

‘फुल फुल गाँसेर माला बनेजस्तै, दुखसुख गाँसेर वसन्त बनेको छ । जसरी वसन्त आउँदा ऋतुमा एकखालको परिवर्तन आउँछ, त्यसरीनै नेपाली चलचित्रमा, हाम्रो जीवनमा फरक अनुभव हुनेछ ।’ प्रकाशले भनेका छन् । चलचित्र २०८१ सालको चैते दसैंमा प्रदर्शन गरिने बताइएको छ । चलचित्रमा सुनिल वि.क. को सह–निर्देशन रहनेछ भने मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्मातामा छन् ।