चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रीमा रिलिज हुने

...

बैशाख, काठमाडौँ । चलचित्र ‘लाज शरणम्’को प्रदर्शन मिति घोषणा गरिएको छ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’टिमले निर्माण गर्न लागेको यो चलचित्र ‘महाशिवरात्री’को अवसरमा २०८१ को फागुन १४ गते प्रदर्शन हुने बताइएको छ ।

निर्माण टिम मध्येका कुमार कट्टेलले आगामी दिनमा चलचित्रका निर्देशक, कलाकार तथा अन्य प्राविधिक फाइनल गर्दै जाने जानकारी दिए । अहिलेसम्म चलचित्रको नाम र प्रदर्शन मिति मात्र तय गरिएको छ । सिरियलको टिम पछिल्लो समय चलचित्रको​ स्क्रिप्ट लेखनमा व्यस्त छ ।