‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक

...

जेठ, काठमाडौँ । घनश्याम लामिछाने निर्देशित चलचित्र ‘लण्डन टु पेरिस’को दोस्रो गीत ‘चाहान्छु यो माया’ सार्वजनिक गरिएको छ । शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट चलचित्र को यो रोमान्टिक गीत रिलिज गरिएको हो ।

चलचित्रको सार्वजनिक यो गीतमा एसडी योगीको संगीत तथा राम अविरल बिष्टको शब्द रचना अनि संगीतकार योगी र नभिता पौडेलको स्वर रहेको छ । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतलाई साहिल खानले सम्पादन गरेका हुन् । चलचित्रको सार्वजनिक गीतमा साम्राज्ञी, निश्चल र गरिमाबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ ।

चलचित्रले ट्राभल लभस्टोरीको कथा पेस गर्छ । चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । चलचित्रमा साम्राज्ञी, निश्चल र गरिमाका अलवा कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ तथा मनिष गान्धीको प्रमुख अभिनय रहेको छ । निश्चल र गरिमाले यही सिनेमाबाट डेब्यू गरेका हुन् ।

एबी इन्टरनेश्नलको प्रस्तुति रहेको चलचित्रमा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । अमित बस्नेतले निर्माण गरेको चलचित्रमा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माताका रुपमा रहेका छन् । सनिश खकुरेल र अजित केआर थापा चलचित्रको सह निर्माता हुन् भने अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । चलचित्र जेष्ठ २५ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले चलचित्रलाई नेपालभर वितरण गर्नेछन् ।