‘फर्की फर्की’मा ५० लाख रुपैंया पारिश्रमिक लिएको हुँः अनमोल केसी

...

जेठ, काठमाडौं । अभिनेता अनमोल केसीले आफ्नो पारिश्रमिक ५० लाख रुपैंया भएको खुलाएका छन् । रिलिजको संघारमा रहेको चलचित्र ‘फर्की फर्की’मा ५० लाख रुपैंया पारिश्रमिक लिएको स्विकार गरेका छन् ।

तपाईको पारिश्रमिक ५० लाख रुपैंया हो ? भन्ने आर्टिष्ट खबरको प्रश्नमा उनले छोटो उत्तर दिँदै भन्छन्, ‘हो मैले ५० लाख लिन्छु ।’ यस्तै उनले ‘फर्की फर्कीका लागी पनि त्यति नै लिनुभएको हो भन्ने प्रश्नमा ‘हो’ भन्ने उत्तर दिएका छन् ।  

अनमोल नेपाली अभिनेताहरु मध्ये सबैभन्दा महंगा अभिनेता हुन् । उनले लिने पारिश्रमिकबारे यसअघि पनि चर्चा हुँदै आएको थियो । उनी अभिनित चलचित्र फर्की फर्की यहि जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनले पारिश्रमिक बारे बोलेको अन्तर्वार्ता आर्टिष्ट खबरको अफिसियल युट्युव र फेसबुक पेजमा केहिबेरमा हेर्न सक्नुहुनेछ ।