मन्जु पौडेल र प्रताप दासको ‘बिचार गर छुनलाई’ गीत सार्वजनिक

...

जेठ, काठमाडौँ । लोकप्रिय गायिका मन्जु पौडेलको नयाँ गीत ‘बिचार गर छुनलाई’ सार्वजनिक गरिएको छ । श्रीकृष्ण बम मल्लको लय तथा शब्दमा मन्जु पौडेल र प्रताप दासको स्वर रहेको गीत मन्जु पौडेलकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । 

थोरै तर उत्कृष्ट गीत ल्याउने मन्जुले दुईदिन अघि मात्रै गीत सार्वजनिक गरेकी हुन् । डान्सिङ गीत सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।  पछिल्लो युवा पुस्तालाई मध्यनजर गर्दै ल्याइएको यस गीतमा माया प्रेम गरेपछि एकअर्कालाई धोका दिन नहुने सन्देश दिन खोजिएको छ । कविराज गहतराजको निर्देशनमा तयार भएको भिडिओमा गायक प्रतापसँगै गायिका मञ्जुकी छोरी स्नेहा पौडेलको अभिनय रहेको छ । भिडियोलाई नविन घर्तिमगरले सम्पादन गरेका छन् । 

गायिका मन्जुको यसअघिको ‘धुँवा सरी’ बोलको गीत अत्यधिक चर्चामा रहेको गीत हो ।  अहिलेको यो गीत पनि दर्शक तथा स्रोतालाई मन पर्नेमा आशावादी छिन् । स्टेज कार्यक्रम होस्टमा डिमाण्डेड मन्जु देश तथा बिदेशका कार्यक्रममा ब्यस्त हुने गर्छिन् ।