बियोगान्त प्रेमकथामा रोशन राईको  ‘दुई थुङ्गा फूल’ रिलिज

...

असार, काठमाडौँ । गायक तथा संगीतकार रोशन राईको नयाँ गीत ‘दुई थुङ्गा फूल’ सार्वजनिक गरिएको छ । राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।

हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडिओमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा  लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । 

भिडिओमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन्  ।