चैत, काठमाडौं । हाँस्य छोटो फिल्म ‘गोफ्ले गोपी’को तेस्रो भाग सार्वजनिक भएको छ । ‘गोफ्ले र गोपी’को मुख्य भुमिका रहेको यस फिल्मले समसामायिक कथामा हाँस्य तथा व्यंग्य गर्दै आएको पाइन्छ । ‘गोफ्ले गोपीको’ भाग १ र २ मा पछिल्लो समय नेपालमा भएको नाकाबन्दी प्रभावको बिषयलाई उठाएर ग्याँस र पेट्रोलियम पदार्थको हाँस्य तथा व्यंग्य गरेको थियो । साथै तेस्रो भागमा युवापुस्तामा देखिने मोबाईलको बिषयलाई उठाएको पाइन्छ ।
पछिल्लो समय युट्युव केन्द्रित बिभिन्न भिडियो आइरहेको बेला समसामायिक कथालाई उठाउँदै आएको गोफ्ले गोपी नामक यस सट फिल्म लोकप्रिय बन्दै गएको पाइन्छ ।
‘गोफ्ले गोपी’मा पेमा लामा (गोफ्ले), गोपिकृष्ण चापागाई (गोपी), एलिसा आचार्य, चन्दा दाहाल, युदिन पौडेल लगायतको अभिनय रहेको छ । फिल्मको कथा लेखन तथा निर्देशक गोपिकृष्ण चापागाईको रहेको छ भने भिडियोको सिनेमाटोग्राफी एनवी थापाले गरेका छन् ।