स्वरुपाको पप शैलीको ‘मनमा तिम्रो’ गीत सार्वजनिक

...

असार, काठमाडौँ । गायिका स्वरुपा सुवालको स्वर रहेको पप शैलीको मनमा तिम्रो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेममा धोका पाएकी एक प्रेमीकाको कथालाई निर्देशक सुब्रत आचार्यले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।  

जसमा गायिका स्वरुपाकै  शब्द , संगीत तथा अभिनय रहेको छ । अभिनयमा स्वरुपालाई  मोडल विकाश लामिछानेले साथ दिएका छन् । भिडियोमा विकाश धोकेबाज प्रेमीका रुपमा देखा परेका छन् भने स्वरुपाले धोका दिने मायालुलाई छाडेर आफ्नो बाटो लागेको वियोगान्त कथालाई देखाइएको छ । 

भिडिओमा छायांकन सुन्दर नगरी पोखरामा गरिएको हो ।  सुब्रत आचार्यको कन्सेप्ट समेत रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै राम्रो प्रतिक्रिया आइरहेको गायिका स्वरुपा बताउँछिन् । भन्छिन् आँफुले मनमा सजाएको मान्छे बिना पनि जीवन एक संभावना हो भन्ने कुरलाई भिडियोमा देखाउन खोजीएको हो ।

ओएसआर डिजिटलबाट रिलिज गरिएको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने भिडियोको सम्पादन विकाश दाहालले गरेका हुन् । जसको क्रियटिभ डाइरेक्टर जया शर्मा हुन् ।