निलम्स अवार्ड २०२४ सम्पन्न , LGBTIQ समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरू सम्मानित

...

असार काठमाडौँ ।  प्राइड मन्थ २०२४ को अवसरमा क्रमशः इन्टरटेनमेन्टको ब्यानरमा निलम्स अवार्ड सम्पन्न भएको छ। 

अवार्ड समारोहमा अवार्डमा LGBTIQ समुदायमा अमूल्य योगदान दिने व्यक्तित्वहरूलाई सम्मानित गरिएको थियो। यस वर्ष,LGBTIQसमुदायको संरक्षण र प्रवर्द्धन गर्न सामुदायिक स्तरमा लामो समयदेखि प्रयास गरेकोमा प्रत्येक प्रदेशबाट एक जना सहित सात व्यक्तित्वहरू सम्मानित भएका हुन्।

कोसी प्रदेशबाट देवनारायण चौधरी, मधेस प्रदेशबाट अब्दुल शाहमद नाग्मा, वाग्मती प्रदेशबाट किरण थापा, लुम्बिनी प्रदेशबाट रजनी थकाली, लुम्बिनी प्रदेशबाट रेसम न्यौपाने, कर्णाली प्रदेशबाट अञ्जली बिसी तथा सुदूरपश्चिम प्रदेशबाट राजु लामा सम्मानित भएका थिए।

उक्त रेस्टुरेन्ट कलाकार तथा कोरियोग्राफर तेञ्जु योञ्जनले विगत केहि बर्ष देखि संचालनमा ल्याउदै आएका छन। अवार्ड कार्यक्रम ट्रान्स एक्टिभिस्ट, मेक अप आर्टिष्ट तथा समाज सेवी निलम पौडेलको एकल पहलमा सम्पन्न भएको थियो। शुक्रवार राजधानीको योग मुभी गार्डनमा अवार्ड सम्पन्न भएको हो।

 

WhatsApp Image 2024-06-29 at 5.51.45 PM (1).jpeg

लामो समयदेखि विभिन्न सञ्चारमाध्यममा अभिलेखीकरण भई उनीहरूले भोग्नुपरेको भेदभावलाई प्रकाश पार्दै समुदायको लचिलोपन, साहस र अटल मनोभावमा प्रकाश पार्न गत वर्ष २०२३ देखि निलम अवार्ड कार्यक्रम सुरु गरिएको हो ।
  

ब्लगर लेक्स लिम्बुले सञ्चालन गरेको अवार्ड कार्यक्रममा सदाबहार अभिनेत्री करिश्मा मानन्धरले प्रमुख अतिथिको रूपमा उपस्थिति जनाएकी थिइन भने भर्खरै अमेरिकाबाट नेपाल आएकी अर्की अभिनेत्री पूजा चन्द साथै अभिनेत्री श्वेता खड्का, मिस युनिभर्स शोफिया भुजेल, प्राइम टेलिभिजन कार्यक्रम प्रस्तोता बिना श्रेष्ठ र सञ्चारकर्मी आरती चटौतले प्रदान गरेका थिए । कार्यक्रममा समुदायका सदस्यहरूले मनोरञ्जनात्मक  नृत्यहरू पनि पस्किएका थिए। 

अवार्ड समारोहको मुख्य उद्देश्य नेपालमा LGBTIQ समुदायको अधिकार र कल्याणलाई अगाडि बढाउन असाधारण समर्पण र प्रयास प्रदर्शन गरेका व्यक्ति र संस्थाहरूलाई एकै ठाउँमा ल्याउने रहेको छ।