सुशील श्रेष्ठको ‘आउटलः दफा २१९’को चर्चा, आर्मीसँगको तस्बिर बाहिरियो

...

असार, काठमाडौँ । आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘आउटलः दफा २१९’को चर्चा सुरु भएको छ । नायक सुशील श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्रको निर्माण टिमले  केही दिनमै टिजर सार्वजनिक गर्ने तयारी गरेको छ । तर टिजर सार्वजनिक अगावै चलचित्रका केहि तस्बिर सार्वजनिक भएका छन्  । जुन तस्बिरमा सुशील श्रेष्ठ नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिएका छन् । 

यसले, चलचित्रमा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्शन होला भन्ने कौतुहलता दर्शकमाझ बढ्ने निश्चित छ । चलचित्रको टिमले त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै फिल्मको छायांकन गरेको हो । अमित अग्रहरीको निर्माणमा तयार भएको यो चलचित्रलाई विक्की महर्जनले निर्देशन गरेका हुन् ।

IMG_5786.jpg

विक्की महर्जनकै लेखन रहेको यो चलचित्रमा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय हेर्न सकिन्छ । विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा विकास चौधरी सह–निर्माताको रुपमा छन् । नविन गुरुङको डीओपी रहेको यो चलचित्रमा  साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको चलचित्रका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो चलचित्रलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।