‘ठाउँमा राख् पुरुष हुनुको घमण्ड नत्र नारीभित्रको आगोमा जलेर भष्म होलास्’ (‘रामप्यारी’ दोस्रो ट्रेलर)

...

चैत, काठमाडौं । यहि चैत २६ गतेदेखी प्रदर्शनमा आउने रेखा थापाको फिल्म ‘राम प्यारी’ को दोस्रो ट्रेलर सार्वजनिक गरीएको छ । सबिर श्रेष्ठ निर्देशीत यस फिल्म महिला टेम्पु चालकको कथा माथि बनाइएको छ । फिल्ममा रेखा थापा टेम्पु चालकको भुमिकामा देखिएकी छिन् ।

ram pyari - rekha thapaफिल्ममा रेखा थापाले बोलेको “ठाउँमा राख् पुरुष हुनुको घमण्ड नत्र नारीभित्रको आगोमा जलेर भष्म होलास्” डाइलग निकै दमदार मानिन्छ । फिल्ममा यस्तै थुप्रै डाइलग प्रयोग गरीएको छ जसले नारीको हकहितमाथि बोलेको देखिन्छ ।

फिल्ममा रेखासँगै नायक सविन श्रेष्ठ र नायिका आश्मा डिसीको अभिनय रहेका छ । फिल्ममा नव नायक आभाष अधिकारीले ‘राम प्यारी’ डेव्यु गरेका छन् । जगदिश्वर थापाको पटकथा एवं संवाद रहेको फिल्मलाई शिव ढकालले खिचेका हुन् ।