गाई मरेपछि ग्वाँ ग्वाँ रोएका कृषिमन्त्री माथि धुर्मुसले बनाए यस्तो कमेडी भिडियो

...

चैत, काठमाडौं ।  चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानीएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् । मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो । कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभुति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मीक कथाले आफ्नो आँशु झरेको बताएका छन् ।

dhurmus comedy
समासामाहिक बिषयलाई लिएर कमेडी गर्न खप्पिस कलाकार सिताराम कट्टेल (धुर्मुस) ले कृषिमन्त्री गजुरेलको नक्कलको एक भिडियो बनाएका छन् । पत्रकारले गरेको पश्नमा गाई मरेको कुरा आउनासाथ भक्कानिदै रोएको भिडियोमा देख्न सकिन्छ ।