चैत, काठमाडौं । केहि समय अघि देखी मिडिया हव र नेपाल टेलिभिजनबिच आर्थिक कुरा नमिल्दा भन्द भएका हाँस्य टेलिश्रृंखलाहरु प्रसारणमा आएका छन् । तितोसत्य र जिरे खुर्सानी बाहेक अहिले नेपाल टेलिभिजनमा मेरीबास्सै, भद्रगोल र जिरे खुर्सानीको ठाउँमा ब्रेकफेल नामक हाँस्य टेलिश्रृंखला प्रसारण भइरहेका छन् ।
मिडिया हवको प्रोडक्सनमा बन्ने गरेका हाँस्य टेलिश्रृंखला मेरीबास्सैमा केहि समय अगाडि आर्टिस्ट खबर डटकमले मेरीबास्सै प्रसारणमा आएपनि धुर्मुस सुन्तनी नभएको समाचार प्रकाशित भएको थियो । समाचार आएलगतै मिडिया हव लगायत धुर्मुस सुन्तलीमा छलफल चल्यो र मेरीबास्सैमा साच्चै नै धुर्मुस सुन्तली हुने हो या होइन भन्ने गहन छलफल भयो । अन्ततः मिडिया हव र धुर्मुस सुन्तलीबिच सहमती भई पुनः धुर्मुस सुन्तली मेरीबास्सैमा फर्किएका छन् र उनीहरुको पुरानै भुमिका यथावत रहने भएको छ । मेरीबास्सैलाई सिताराम कट्टेल (धुर्मुस)ले नै निर्देशन गर्न थालेका छन् ।
यसभन्दा अघि मेरीबास्सैका निर्देशक सितारामले मिडियाहवबाट पाउनुपर्ने रकम नपाएको भन्दै मेरीबास्सैको छायांकन रोकेका थिए । मिडिया हवका प्रवन्ध निर्देशक सोम धितालसँग आर्टिस्ट खबर डटकमले गरेको कुराकानीमा प्रसारण बन्द भएको केहि समयमै सबै हाँस्य टेलिश्रृंखला प्रसारणमा आउने जानकारी पनि दिएका थिए ।