‘उहिले बाजेको पालामा’ बैशाख २४ मा हेर्न पाइने

...

चैत, काठमाडौं । फिल्म ‘उहिले बाजेको पालामा’को अडियो तथा प्रोमो सार्वजनिक गरीएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मी कलाकारहरुका बिचमा अडियो तथा प्रोमो सार्वजनिक गरीएको हो ।

uhileko bajeko palamaबसन्त जी एमको निर्देशनमा तयार भएको चलचित्रमा बिपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको द्धन्द्ध रहेको छ । सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रमा दिलिप रायमाझी, खुश्वु खड्का, गणेश वेलवासे, सपना रोका, रविन्द्र आचार्य, माधव पण्डित, कमल गाउँले, नविन श्रेष्ठ, मिउन जिरेलको मुख्य भूमिका छ ।

कार्यक्रममा चलचित्र प्रदर्शन मिती बैशाख २४ घोषणा समेत गरियो ।