छविको ‘किस्मत-२’ र दिपकराज ‘६क्का पञ्जा’ दसैंमा भिड्ने तयारीमा

...

चैत, काठमाडौं । निर्माता छवि ओझाले केहि दिन अघि आफ्नो फिल्म ‘किस्मत-२’ दसैंको समयमा प्रदर्शन हुने घोषणा गरे । यस अघि साउन २८ मा प्रदर्शन आउने भनीएको उनको फिल्मलाई ज्योतिषको कारण देखाउँदै असोज २१ को घोषणा गरे ।
chhakka pancja comedy nepali movieयसका साथै छविले मिति घोषणा गरेसँगै अर्का निर्माता दिपकराज गिरीले पनि आफ्नो फिल्म ६क्का पन्जाको प्रदर्शन दसैंमा गर्ने घोषणा गरेका छन् । अहिले छायांकन कार्य भइरहेको ‘६क्का पन्जा’को २५ प्रतिशत काम सकीएको र दसैंमा प्रदर्शन गर्ने तरिकाले फिल्मका काम भइरहेको भन्दै दिपकराजले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।