चैत, काठमाडौं । फिल्म ‘प्रेमगीत’ले प्रदर्शनको ५१ दिन मनाएको छ । बुधबार राजधानीमा एक कार्यक्रम गर्दै प्रेमगीत युनिटले चलचित्रकर्मि, पत्रकार तथा कभरगीत प्रतिस्पर्धीहरुको बिचमा ५१ दिन मनाएको हो ।
कार्यक्रममा फिल्मको सफलताको केक काटिएको थियो । फिल्ममका निर्देशक सुदर्शन थापा, निर्माता सन्तोष सेन, नायक प्रदिप खड्का, नायिका पूजा शर्मा लगायतले सफलताको केक काटेका थिए । साथै फिल्मलाई सफलता मिलेको भन्दै नायिका रेखा थापाले प्रेमगीतका लागी केक पठाएकी थिइन् । माघ २९ गतेबाट प्रदर्शनमा आएको यस फिल्म अहिले पनि राजधानीका केही हलहरुमा प्रदर्शन भइरहेको छ ।
कार्यक्रममा सूचना तथा संचारमन्त्री शेरधन राइले फिल्मसँग सम्बन्धित चलचित्रकर्मी, रंग पत्रकारलाई मायाको चिनो प्रदान गरेका थिए ।