सागर संसार राईले पाए ‘प्रेमगीत’को कभर सङको उपाधी

...

चैत, काठमाडौं । फिल्म ‘प्रेमगीत’ युनिटले आयोजना गरेको ‘म यस्तो गीत गाउछु कभर सङ’ प्रतियोगीताको उपाधी सागर संसार राइले हात पारेका छन् । विश्वभर बाट नै ५ सय ५९ जनाले युटुबबाट भिडियो अपलोड गरेर सहभागीता जनाएकोमा अन्तिममा १५ जना पुगेका थिए । जसमध्ये १० जनालाई युटुबमा भिडियो सर्वाधिक धेरै हेरिएको आधारमा र ५ जनालाई निर्णायकले वाइल्र्ड कार्ड इन्ट्रीको रुपमा प्रवेश गराएका थिए ।
prem geet cover song competiton winner sagar sansar raiराजधानीमा बुधबार एक कार्यक्रम गरी वाइल्र्ड कार्ड इन्ट्रीबाट सागर संसार राइले उपाधी चुमेका हुन् । उपाधीसँगै उनले नगद १ लाख पुरस्कार र आशुसेन फिल्मस्ले निर्माण गर्ने नयाँ चलचित्रमा गीत गाउने अवसर पाएका छन् ।

prem geet film teamकार्यक्रममा गायिका अन्जु पन्त, संगीतकार अर्जुन पोख्रेल, लेखक रामशरण पाठक, निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेन मुल्यांकनकर्ताको रुपमा उपस्थित थिए ।

prem geet cover song competition