‘रामप्यारी’मा ओइरिए दर्शक, भुँइमै बसेर पनि हेर्न राजी

...

चैत, काठमाडौं । फिल्म ‘रामप्यारी’ले प्रदर्शनको पहिलो दिनमै आक्रमक दर्शक कमाएको छ । रेखा थापाको मुख्य भुमिका रहेको ‘रामप्यारी’ हेर्नका लागी दर्शकहरु भुँइमै बस्न पनि तयार भएका छन् । मोफसलमा ४६ र राजधानीमा १४ वटा हलमा प्रदर्शन भइरहेको मा राजधानीका अधिकांश हलहरु हाउसफुल छन् ।

टेम्पु चालकको भुमिकामा रहेकी रेखाले रामप्यारीमा महिला अधिकारका कुरा उठाएकी छिन् । रामप्यारीमा रेखाको साथमा नवनायक आभाष अधिकारी, आस्मा डिसी र सविन श्रेष्ठ छन् । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । फिल्मकी निर्मात्री रेखा आँफै हुन् ।
rekha thapa ram pyari 3राजधानीको गोपिकृष्ण सिनेमा हलमा पुगेकी रेखालाई दर्शकले उत्साहित हुँदै घेरेका थिए । सयौंको संख्यामा ओइरिएका दर्शकहरुले फिल्महेरेर फर्कर्ने बेलामा फिल्म उत्कृष्ट भएको प्रतिक्रिया समेत दिएका थिए । त्यस्तै राजधानीको बाइपासस्थित अष्टनारायणहलमा पनि बिहानको दुई शो हाउस फुल हुँदा दर्शकहरु भुँइमै बसेर पनि फिल्म हेर्न सहमत भएका थिए । बालाजुस्थित गंगाहलमा पनि रामप्यारीको टिकट घरमा दर्शकहरुको ठुलो लाम देख्न सकिन्थ्यो ।
rekha thapa ram pyari 1नायिका रेखाथापाले आर्टिस्ट खबरसँग कुरागर्दै दर्शकले रामप्यारीलाई निकै माया गरीदिनुभएको बताइन् । “दर्शकहरुले सोचे भन्दा माया गरीदिनुभएको छ, एकदमै खुसी छु”, रेखाले भनिन् । रामप्यारी सँगै प्रदर्शनमा आएको नाई नभन्नु ल ४ लाई रामप्यारीसँग दाज्ने हो भने दोब्बर कम भएको देखिन्छ । दर्शकलाई आधार मान्ने हो भने रामप्यारीको टिकट घर र नाई नभन्नु ल ४ को टिकट घरमा दोब्बर फरक देखिन्थ्यो । दुबै फिल्मले ग्रस कलेक्सन कति गरे भन्ने बारे पुर्ण बिवरण आईसकेको छैन ।