जेठ २९ मा आउने भो ‘राहदानी’

...

बैशाख, काठमाडौं ।  बैदेशीक रोजगारीका समस्यामा आधारीत चलचित्र राहदानी जेठ २९ गतेबाट प्रदर्शनीमा आउने भएको छ । चलचित्रको बितरणमा एफ.डी. बितरण संस्थालाई जिम्मा लगाईएको र काठमाडौंभित्र भने पपकर्न बितरण संस्था सँग सम्झौला भएको बताइएको छ । चलचित्रका प्रस्तुतकर्ता लक्ष्मिप्रसाद ढकाल हुनुहुन्छ भने कथा लेखन तथा निर्देशक डब्बु क्षेत्रीले गर्नुभएको हो ।

 

बैदेशीक रोजगारीमा गएका थुप्रै नेपालीहरुको थुप्रै समस्याहरु छन् । नेपाली युवाहरुले पठाएको रेमिट्यान्सले मुलुकको कुल ग्राहस्थको २५ प्रतिसत सघाउ पु¥याएको छ । तर उनीहरुले भोगिरहेको कैयौं समस्याप्रति सरकारले बेवस्ता गरिहरेको छ । यस्तो समस्यालाई समेटेर चलचित्र राहदानी बनाएका छौं, निर्देशक क्षेत्रीले भन्नु भयो ।

rahadani-trailer

फिल्ममा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, नविन लम्साल, सृजना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकाश जोशी, दिनेश दुलाल, अस्मिता बस्नेत, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत सहितको अभिनय रहेको छ ।