धुर्मुस सुन्तली पुनः नयाँ लुक्समा, लखनभाई र लक्षुमनीया बने (फोटो फिचर)

...

चैत, काठमाडौं । धुर्मुस सुन्तली फेरी नयाँ भुमिकामा देखिएका छन् । बिभिन्न भुमिकामा आएर जनचेतना मुलक भिडियो गर्दै आएका सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लखनभाई र लक्षुमनीया बनेका हुन् ।
dhurmus suntali new looks बाल विवाह र चेलीबेटि बेचबिखन विरुद्धको बालमैत्री मैथिली सर्ट फिल्म ‘मुन्नी’मा उनीहरु मधेसी पात्रको रुपमा देखिन लागेका हुन् । पछिल्लो समय हाँस्य टेलिश्रृंखला मेरी बास्यै सँगै चेतनामुलक फिल्म निर्माणमा व्यस्त धुर्मुस सुन्तली चर्को घाम र हावाहुरीका बाबजुद मुन्नीको छाँयाकनका लागि लाहान पुगेका छन् ।

dhurmus suntali new looks मुन्नीले बालमैत्री समाजको महत्व र आवश्यकतालाई दर्शाउने फिल्मका लेखक तथा निर्देशक सिताराम कट्टेल धुर्मुसले बताएका छन् । तराई भेगमा दाइजो दिनु नपर्ने भन्दै नचिनेको मान्छेलाई छोरी सुम्पीँदा आई पर्न सक्ने जोखिमलाई फिल्ममा रमाईलो ढंगले प्रस्तुत गरिएको कुञ्जना घिमिरे सुन्तलीले बताएकी छिन् । चलचित्रमा मुन्नीको भूमिकामा गायत्री सिंह देखिएकी छिन् । मुन्नीमा दिपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेम नारायण झा, गजेन्दर ठाकुरलगायतका कलाकार पनि देखिने छन् ।
dhurmus suntali new looks मैथिली भाषाका संवादहरु बोल्नलाई केहि अप्ठ्यारो भए पनि मुन्नीलाई उत्कृष्ट बनाउने कोसीस गरिरहेको फिल्म युनिटले जानकारी दिएको छ । चलचित्र मुन्नीमा यस्ता देखिएका छन् धुर्मुस सुन्तली ।
dhurmus suntali new looks

dhurmus suntali new looks