म्याग्दीलाई बिश्वसामु चिनाउन मुना थापा र सुजन बराइलीको यस्तो आग्रह (अडियो)

...

बैशाख, काठमाडौं ।

तिम्रो हाम्रो मन मुटु मिलाम भो,
म्याग्दी लाई त विश्वमा चिनाम भो ।।
म त हजुर ग्यादेली ठिटो, आउहै कान्छि घुम्नलाई ग्याग्दी सररर
घुमि घुमि बनाँला मनै हररररर ।।


म्याग्दी काली बेनीको दोभान,
एकअर्कालाई साटम भो जोभान,
म त हजुर दंगाली ठिटी, लैजाउ कान्छा घुमाउन ग्याग्दी सरर
घुमि घुमि बनाँला मनै हररररर ।।

sujan baraili and muna thapa magarम्याग्दी जिल्लालाई विश्व सामु चिनाउनका लागी लोक गायिका मुना थापा र गायक सुजन बराइली कस्सिएका छन् । नेपालको सुन्दर जिल्ला म्याग्दीमा भएका बिभिन्न सुन्दर ठाउँलाई विश्वसामु चिनाउनका लागी गीत मार्फत यी दुई कलाकार कस्सिएका हुन् ।

माथि उल्लेखीत गीतका शब्दमा भनेजस्तै गायक सुजन बराइलीले आफु पर्वतमा जन्मिएको भएपनि म्याग्दी जिल्लाको माया र म्याग्दी जिल्लाको गौरवलाई विश्वसामु चिनाउन आग्रह गरेका छन् । गीतमा प्रकाश बराईलीको शब्द तथा राकेश सानेीको संगीत रहेको छ ।

बिगत डेढ दशक देखी नेपाली लोकगीत क्षेत्रमा लागेका सुजनले सामाजिक कार्य पनि गर्दै आएका छन् । यसो त नेपालका बिभिन्न ठाउँको बारेमा विश्व सामु चिनाउन मन पराउने सुजनले यो भन्दा अघि पनि बिभिन्न लोकगीत गाएका छन् जुन गीतले पर्यटकिय शब्दहरुलाई पनि जोडेको पाइन्छ । सुजन अहिले पनि सामाजिक कार्यमा सक्रिए छन् ।

चर्चिक लोकगायिका मुना थापा मगरले पनि म्याग्दी बजार, बेनी बजार लगायतका कुरा गर्दै आफु दंगाली ठिटी भएको कारण निकै सुन्दर ठाउँ रहेको भन्दै बयान गरेकी छिन् । गायिका मुना थापाले पछिल्लो समय गायिका धेरै गीत चर्चित छन् । अहिले गायिक मुना थापा मगर देश बिदेशका कार्यक्रममा व्यस्त छिन् ।

गीतको अडियो बजारमा आईसकेको गायक सुजन बराइलीले बताएका छन् । यस गीतको भिडियो पनि केहि दिनमा बन्ने सुजनको भनाई छ । गीतको अडियो सुन्न र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।