बैशाख ७, पर्वत । कुश्मामा प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा चलेको सफा कुश्मा अभियानमा राष्ट्रिय हाँस्य कलाकार देखि गायक समेत सहभागी हुने भएका छन् ।
अभियानको २० औ हप्ताको अबसरमा हाँस्यकलाकार मनोज गजुरेल, दिपेश शाह, जादुगर तथा हाँस्यकलाकार महादेव त्रिपाठी, जानुवी बोहोरा, मिलन अर्याल मेरी बास्यैका सुरेन्द्र केसी (मुलाका साग) , शिवसंकर रिजाल लगाएतका आधा दर्जन भन्दा बढी राष्ट्रिय कलकार सफा कुश्मा अभियानमा सहभागी हुने भएका हुन । यो अबसर भने जेसिस पर्वतले गरेको हो ।
जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र शशक्त बनाउने अभियानका साथै आज बेलुका पाँच बजे हुने व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आउन लागेका कलाकारलाई पनि यस अभियानमा सरिक बनाउने र वेलुका साँझमा हुने हाँस्य व्यङ्ग्य कार्यक्रममा पनि जिल्लाको सरसफाईमा सहयो पुगोस भन्नको लागि आयोजना गरीको भन्दै हाँस्य व्यङ्ग्य कार्यक्रमको पूर्वसन्ध्यामा जेसिजले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको ।
उक्त कार्यक्रमबाट उठेको रकम जिल्लाको सरसफाइको लागि खर्च गरीने जेसिजका अध्यक्ष राजन कुमार श्रेष्ठले जानकारी दिए । उक्त हाँस्य व्यङ्ग्य कार्यक्रमबा २ लाख उठाउने लक्ष्य राखिएको र झण्डै १ लाख ५० हजार रकम संकलन भएको समेत श्रेष्ठले जानकारी दिए ।
पत्रकार सम्मेलनमा सरसफाइ अभियानको अबसरमा कलाकारलाई समेत उक्त अभियानमा संलग्न गराउने र आजनै बजारको विभिन्न ठाउँमा डस्पीन लगाएतका फोहोर संकलन गर्ने बस्तु समेत राखिने आयोजक जेसिजले जनाएको छ । कार्यक्रमबाट संकलन भएको रकम जिल्लाको सरसफाई अभियानको लागि खर्च गर्ने समेत आयोजकले जनाएको छ ।
– महेन्द्र केसी बाट