बैशाख, काठमाडौं । मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गराउँदै आएका मोडल दिलिप रेग्मी यतिखेर मोडलिङ मै ब्यस्त छन् । गीतसंगीतको दुनियामा रमाउन चाहाने दिलिप दिनहुँ जसो गीतसंगीतलाई नै समय दिइरहेका हुन्छन् । बि.सं २०६४ सालबाट कलाकारीतामा प्रवेश गरेका दिलिपले ‘जान्छेऊ भने जाऊ’ बोलको लोकदोहोरी गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन् । जसमा याम क्षेत्री र देवी घर्तिको स्वर रहेको छ ।
पर्वतको नाग्लीबाङ ४ घर भई हाल काठमाडौंको गोंगबु बस्दै आएका दिलिप मोडलिङ संगसँगै निर्देशनमा पनि ब्यस्त छन् साथै उनले केहि गीतहरुमा संगीत पनि भरेका छन् ।
मोडलिङ र निर्देशन सँगसँगै
मोडलिङ गर्दा गर्दै निर्देशनमा हात हालेका दिलिपले निर्देशनमा पनि राम्रै सफलता पाएका छन् । अहिले सम्म ६० वटा म्युजीक भिडियोमा अभिनय गरीसकेका दिलिपले ४० वटा म्युजीक भिडियोमा निर्देशन पनि गरीसकेको आर्टिस्ट खबर डटकमलाई बताए । दिलिपले सुरुमा निर्देशन गरेको म्युजीक भिडियो मनमा छ पिडा बोलको लोकगीत हो जसमा मिक्सस खाती र पुर्णकला बिसीको स्वर रहेको छ । साथै उनले पछिल्लो समय मोडलिङ गरेको गीत सुपारीको टुप्पा बोलको लोकगीत हो । उनले अहिलेसम्म १५ भन्दा बढी लोकगीतमा संगीत पनि भरिसकेका छन् । साथै दिलिपले अभिनय गरेका म्युजीक भिडियो अधिकांस लोक दोहोरी छन् भने अहिलेसम्म उनले ३ वटा आधुनिक गीतमा पनि मोडलिङ गरेका छन् । उनले अभिनय गरेका म्युजीक भिडियो मध्ये तिम्रो आगमन, चोटै चोटको खानी, छक्क पर्छन बरीपरका लगायतका लोकगीतहरुलाई दर्शकले राम्रो मनपराइदिएको पाइन्छ ।
अन्य पेशासँगै मोडलिङमा
मोडल दिलिप रेग्मीले मोडलिङ मात्र गरेर अगाडि बढेका छैनन् उनले अन्य व्यावसाय सँगसँगै आफ्नो मोडलिङ पेशालाई अगाडि बढाएका छन् । दिलिपका अनुसार मोडलिङ पेशा पैसा कमाउनका लागी नलिएर शोखको रुपमा लिएको पनि बताए । सानैदेखि मोडलिङ पेशा मेरो रुचिको बिषय थियो त्यसैले यो पेशामा आएको हु, रुचि भन्दैमा अब छोड्ने भन्ने पनि होइन मैले मोडलिङलाई नियमितता दिन्छु, दिलिपले भने ।
केहि दिनमै करोडपति लिएर आउँदै
मोडल तथा निर्देशक दिलिपले अब छिट्टै नै एक लोकदोहोरी गीत बजारमा ल्याउँदै छन् । आफ्नो संगीतमा रहेको करोडपती बोलको गीतलाई दिलिपले नै निर्देशन गर्दैछन् ।