‘बाटो खुल्यो मोटर गुड्यो’ गीतका गायक मिलन लामालाई कालिकोट बासीद्धारा सम्मान

...

बैशाख, काठमाडौं । एक समय निकै नै सुनिने ‘जुम्ला कालिकोटको’ बोलको गीतका गायक मिलन लामालाई कालिकोट बासीले सम्मान गरेका छन् । जिल्ला बिशेष गीत गाएका र जिल्लाको बिकासका कुरा गीतमा ल्याएको भन्दै स्थानियहरुले उनलाई सम्मान गरेका हुन् ।

कालिकोट सांस्कृतिक महोत्सवमा सहभागी हुँदै गायक मिलन लामा

                                                       कालिकोट सांस्कृतिक महोत्सवमा सहभागी हुँदै गायक मिलन लामा

कर्णाली संस्कृति तथा कला जर्गेना केन्द्र कालिकोटले बैशाख ८ गते देखी आयोजना गरेको ‘दोस्रो कालिकोट सांस्कृतिक महोत्सव’मा उनलाई सम्मान गरीएको हो । उनलाई बैशाख ११ गते पञ्चेबाजाको समुह सहित सम्मान गरीएको थियो । गीत निकै सुनिएको र त्यसै गीतका गायकलाई आफु अगाडि प्रत्यक्ष भेट्न पाउँदा कालिकोट बासीहरु निकै दंग देखिन्थे ।

कालिकोटको एक सुन्दर बस्ती

                                                                                  कालिकोटको एक सुन्दर बस्ती

नेपालको पर्यटन क्षेत्रलाई उकास्ने प्रकृतिका गीत गाउँदै आएका गायक मिलन लामाको बाटो खुल्यो मोटर गुड्यो गीत निकै चर्चित गीत हो । उनका ‘झल्को लाली ओंठको’, ‘माझी दाई पोखरा’ लगायतका गीत अझै पनि चर्चित छन् । पछिल्लो समय गायक मिलन लामा देश भित्र तथा बाहिरका कार्यक्रमहरुमा व्यस्त छन् ।