जेठ, काठमाडौं । भुकम्प पिडितहरुको लागि अस्थायी घर निमार्ण गर्ने उद्देश्यले बिगत तिन दिन देखि अनबरत रुपमा लागेका चलचित्रकर्मिहरुले ३ दिनमै ३० घर निर्माण गरेका छन् । ‘हामी सबैका लागि’ भन्ने अभियानका साथ अस्थायी घर बनाउने अभियान थालेका चलचित्रकर्मिहरुले काभ्रेको रामपुर डाँडामा तिस घर निर्माण गरीसकेको बताएका छन् । ७ दिनमा ४० घर निर्माण गर्ने उद्देश्यले लागेका चलचित्रकर्मिहरु ५ दिनमै पुरा हुने बताउँछन् ।
एकपटक फेरी प्रमाणित भएको छ , युवाले चाहे असम्भव केहि छैन अनि एकता नै बल हो, अभियानका संमन्वयन कर्ता निर्देशक सुरेश दर्पण पोख्रेलले आर्टिस्ट खबरलाई बताउनु भयो । सबै युवाहरु मिलेर यसरीनै आ आफ्नो ठाउँमा पनि सहयोगका हातहरु जुटायौं भने असम्भव भन्ने केहि छैन, उहाँले भन्नु भयो ।
तेस्रो दिनको यो अभियानमा कलाकारहरु स्वतन्त्र प्रताप साह, बसन्त सापकोटा, केकी अधिकारी, बेनिशा हमाल, अप्रिल श्रेष्ठ, सरज गरज, प्रशंशा भट्टराई, सुरेश दर्पण पोख्रेल हुनुहुन्छ ।
भूकम्प पीडितको सहयोगका लागि नायक जीवन लुइँटेलले ५१ हजार रुपया जम्मा गरी शुरु गरिएको अभियानमा ८ लाख रुपया सङ्कलन भएको थियो र टहरा निर्माण शुरु भए पछि मनकारी हातहरु बढेका छन् । त्यस अभियानमा पछिल्लो पटक नव नायक अनमोल केसी ६१ हजार, दिलीप रायमाझी र उनको पत्नी मञ्जु रायमाझीको तर्फबाट ५१ हजार, गायक प्रमोद खरेल २० हजार, बसन्त सापकोटा ३१ हजार, सरोज ओली ३० हजार वेनिशा हमाल १ लाख पचास हजार र नन्दीता केसी ७० हजार सहयोग गरेका छन् । त्यसैगरी गायक प्रमोद खरेलले सामूहिक सहयोगका बावजुद व्यक्तिगत रुपमा पनि १० घर निर्माण गरिदिने बताउनु भएको थियो ।