बैशाख, काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा चर्चित मोडल तथा निर्देशक शंकर बिसीले पुनः एक गीत गाएका छन् । गायिका टिका पुनसँग मिलेर उनले ‘मुहार देख्दु जतातै’ बोलको लोक दोहोरी गीत गाएका हुन् । माया प्रेमको कथा समेटेको उक्त गीत माया गर्ने जोडिहरुलाई रुवाउन पनि सक्छ, किनकी गीतका गहकिला शब्द प्रयोग गरीएको छ ।
गीतमा शंकर बिसी र टिका पुनले स्वर दिएका छन् भने शंकरले नै शब्द लेखेका छन् । किरणबाबु पनुको संगीमा रहेको यस गीतमा महेन्द्र गौतम र सिर्जु अधिकारीले अभिनय गरेका छन् । साथै भिडियोलाई सुरेश श्रेष्ठले खिचेका हुन् भने निर्देशन पनि शंकरले नै गरेका हुन् ।
—
नेपालमा रहेर नेपाली गीतसंगीतमा धेरै मोडल र निर्देशन गरेको भन्दै गिनिज बुकमा नाम लेखाउने तयारीमा रहेका शंकर यतिखेर पनि उत्तिकै मात्रामा म्युजीक भिडियोमा व्यस्त छन् । शंकर बिसीले गीत गाएको पहिलो पटक भने होइन यो भन्दा अघि पनि केहि गीत गाइसकेका छन् । शंकरले यो भन्दा अघि निशा सुनार र रेखा थापासँग पनि गीत गाएका छन् । जुन गीतलाई दर्शक तथा स्रोताले मन पराएका थिए । पहिला आधुनिक गीत मात्र गाएका शंकरले अहिले पनि लोकगीत गाएका हुन् । आधुनिक गीतको स्वरमा पनि फिट शंकर लोकगीतमा पनि उत्तिकै फिट देखिन्छन् ।