दिक्पाल कार्की अन्तर्रास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिताको टप टेनमा

...

बैशाख, काठमाडौं । मोडल तथा नायक दिक्पाल कार्की अन्तर्रास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०१६’ मा टप टेनमा पर्न सफल भएका छन् । दिक्पालले नेपालबाट प्रतिनिधित्व गर्दै टप टेनको छैटौं नम्बरमा परेका हुन् ।
dikpal-karki-artist khabar

मिस्टर ग्लोबल २०१६ को फाइनल अडिसनका लागि थाइल्याण्डमा रहेका २५ बर्षिय दिक्पाल प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चिन, अर्जेन्टिना, ब्राजिल, क्यानडा, भारतलगायतका प्रतियोगीसँग भिड्दैं छन् । प्रतियोगिता आउदो २७ अप्रीलदेखि ८ मे सम्म थाइल्यान्डमा हुनेछ ।


‘रंग बैजनी’ र च्याम्पियन फिल्ममा अभिनय गरीसकेका दिक्पाल मिस्टर काठमाडौँ २००९ को बिजेता समेत हुन् ।