यस्तो रमाइलो हुन्छ ‘मेरी बास्सै’को सुटिङमा (१० तस्बिर सहित)

...

Please Click on Youtube:

बैशाख, काठमाडौं । कुनै पनि फिल्म, टेलिफिल्म छायांकनको क्रममा क्यामेरामा कैद गरीने दृश्यहरु रमाइला नै हुन्छन् । चाहे रुने सिन होस् चाहे हाँस्ने सिन छायांकनको बेला हासेर बिताएका हुन्छन् । त्यस्तै हाँस्य टेलिश्रृंखला ‘मेरीबास्सै’ टेलिभिजनको पर्दामा हेर्दा जति रमाइलो हुन्छ त्यो भन्दा रमाइलो छायांकनमा पनि हुन्छ ।
Meri bassai shooting photos - artist khabar (10)आज मंगलबार नेपाल टेलिभिजनको पर्दामा ‘मेरी बास्सै’ आउने दिन हो । ‘मेरी बास्सै’ हेर्दा कतिपयलाई थाहा नहुनसक्छ यसको छायांकन कसरी हुन्छ भनेर । अझै पनि अधिकांशलाई छायांकनमा खिचिदा कसरी खिचिन्छ र कसरी सम्पादन हुन्छ भन्ने थाहा नहुनसक्छ । हामी यहाँ छायांकनस्थलबाट मेरी बास्सैका केहि झलकहरु ल्याएका छौं ।
Meri bassai shooting photos - artist khabarआज आउने ‘मेरी बास्सै’मा पछिल्लो समयको नेपालको राजनितिक अवस्थालाई व्यंग्य गरीएको हेर्न पाइने मेरी बास्सैका कलाकार बिष्णु बुढाथोकी (गुइठे)ले आर्टिस्ट खबरसँग भने ।

Meri bassai shooting photos - artist khabar

पछिल्लो समय मेरीबास्सैमा केहि कलाकारहरुलाई नयाँ भेषमा देख्न सकिन्छ । मेरीबास्सैका लेखक तथा मुख्य सहायक निर्देशक दिपक आचार्य पनि यतिखेर मेरीबास्सैमा फरक भुमिकामा देखिएका छन् । साथै पछिल्लो समय मेरीबास्सैमा बिजय बराल, बिनोद राई, मञ्जु केसी क्षेत्री, लोकेन्द्र लेखक, टिकाभक्त जिरेल, बिष्णु बुढाथोकी, लेखान्त भुसालहरुको अभिनय पनि देख्न सकिन्छ ।

Meri bassai shooting photos - artist khabarमेरी बास्सैका निर्माता निर्देशक तथा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यतिखेर ‘गिरान्चौर एकीकृत बस्ती’ बनाउन व्यस्त छन् । यसभन्दा अघि पनि काभ्रेमा भुकम्प पिडितहरुका लागी ‘एकिकृत नमुना बस्ती’ बनाएर एक उदाहरणीय काम गरेका धुर्मुस सुन्तलीले फेरी गिरान्चौरमा अर्को उदाहरणीय काम गर्दैछन् । यसरी देश निर्माणका लागी जुटेका धुर्मुस सुन्तलीलाई मेरी बास्सैलाई पनि उत्तिकै रुपमानिरन्तरता दिनु चुनौतीको बिषय रहेको छ ।

Meri bassai shooting photos - artist khabar

Meri bassai shooting photos - artist khabar

Meri bassai shooting photos - artist khabar

Meri bassai shooting photos - artist khabar

Meri bassai shooting photos - artist khabar

Meri bassai shooting photos - artist khabar