बैशाख, काठमाडौं । गायक मदन थापा यतिखेर सांगितिक कार्यक्रमका लागी जापानमा छन् । घुम्टे नौमती बाजा समूह जापानद्धारा आयोजित लाइभ साङ्गीतीक साझ २०७३ को लागि उनी जापान पुगेका हुन् ।
–
नुवाकोट बालकुमारी बासी गायक थापाले अहिलेसम्म दर्जनबढी लोक दोहोरी देखि आधुनिक ,सालैजो ,कौडा चुड्का हुँदै पप तथा र्याप गित गाएका छन् । थापालाई जापानका विभिन्न संघ सस्था हरु घुम्टे नौमती बाजा समूह जापान , गल्कोट समाज जापान, टोकियो रोधी क्लब जापान ,घुम्टे दोहोरी साझ जापान लगायतले स्वागत एबम सम्मान गरेका छ्न ।
आफ्नै जिल्ला सम्बद्ध सस्था नुवाकोट समाज जापान द्वारा समेत जापान मा सम्मानित भए । राष्ट्रिय लोक तथा दोहोरीगित प्रतिष्ठान नेपाल नुवाकोट सचिव समेत रहेका गायक थापा लाई नुवाकोट समाज जापान ले गित संगीत मार्फत आफ्नो जिल्ला कै प्रतिनिधि गायक का रूपमा देश बिदेशमा गित संगीत मार्फत चिनाएकोमा धन्यवाद संगै बधाई तथा शुभकामना समेत व्यक्त गरे ।
–
अत्यन्तै कहालीलाग्दो दुख र अभावमा गरिब परिवारमा जन्मिएका गायक थापा करिब ६२/६३ सालदेखी नै साङ्गितिक क्षेत्रमा पेसागत रुपमै अहोरात्र रूपमा खटिरहेका छन् । पहिलो एल्बम ‘चुलो बलाउन’ देखि लिएर ‘देबि देउता भाके सानू’ ,’नैना रेशम’, ‘सालैजो । मायालु पोखरा’ लोक पप गित हामी संगै बसम ,लगायत विभिन्न काठे लोक दोहोरी प्रस्तुती हरु सहित करिब १ दर्जन भन्दा बढि गित संगीत बजारमा ल्याईसकेका गायक थापा ले नुवाकोट समाज जापानद्धारा गरिएको भेटघाट तथा सम्मान कार्यक्रममा आफ्नो पछिल्लो एल्बम ‘छहरे टोखा रोट जाउ घुम्न संगसंगै त्रीशुली नुवाकोट’ बोलको गित समेत प्रस्तुत गरे ।