नयाँ फिल्मका लागी तौल घटाउँदै आर्यन, तौल नघटाएसम्म सुटिङ नहुने

...

Please Click on Youtube for Videos:

बैशाख, काठमाडौं । नायक आर्यन सिग्देल यतिखेरका युवापुस्तामाझ रुचाइएका नायक हुन् । उनी अभिनित अधिकांश फिल्मलाई दर्शकले रुचाएका हुन्छन् । तर फिल्मका निर्माता तथा निर्देशकहरु भने आर्यनको फिटनेश प्रति यतिखेर चिन्तित देखिएका छन् ।

Aryan Sigdel - Artist khabar (2)पछिल्लो समय आर्यन अभिनित फिल्म ‘क्लासिक’मा आर्यनको फिटनेट लाई लिएर केहि आलोचना आएका थिए । ‘क्लासिक’मा आर्यनले तौल घटाउनु पर्ने तर त्यसो नभएपछि आलोचना आएको थियो । साथै अब फेरी आर्यन एक नयाँ फिल्ममा आउन लागेका छन् तर त्यस फिल्मका लागी उनको अहिले तौलमा घटाउनु पर्ने छ । निर्देशक दिनेश राउतले निर्देशन गर्ने फिल्ममा उनलाई वयस्क अवस्थामा देखाउनु पर्ने भएकोले आर्यन तौल घटाउन तिर लागेका छन् । फिल्म दर्ता नभईसकेकाले नाम सार्वजनिक गरीएको छैन ।


यस फिल्ममा पनि नम्रता श्रेष्ठले नै काम गर्ने बताइएको छ । आर्यन र नम्रताको जोडि लाई दर्शकले मन पराएकोले यो जोडिले अबको नयाँ फिल्ममा सँगै काम गर्न लागेको हो । लबस्टोरीमा बन्ने फिल्म थाइल्याण्डमा छायांकन हुने निर्देशक राउत बताउँछन् । उनी भन्छन्-  ‘आर्यन जुन दिन फिट देखिन्छन् त्यो दिनबाट फिल्म छायांकन शुरु हुन्छ ।’


आर्यनकै ब्यानरमा बन्ने यसफिल्मलाई बिष्णु कार्कीले निर्माण गर्ने छन् । आफ्नै ब्यानरमा बर्षमा एक फिल्म ल्याउने योजनामा नायक आर्यन सिग्देल कस्सिएका छन् ।