जेठ, काठमाडौं । बलिउड स्टार सलमान खानले विवाह गर्ने पक्का गरेका छन् । भर्खरै मात्र हिट एण्ड रनको केशमात्र लामो सास फेरेका सलमानले यहि बर्षको अन्तमा विवाह गर्ने पक्का गरीदिएका हुन् । धेरै दर्शकका मनपर्ने अभिनेता सलमानले को सँग विवाह गर्दैछन् भन्ने बिषय अझ खुल्दुलीको बिषय हुन सक्छ, उनले आफ्नै गर्ल फ्रेण्ड टेलिभिजन पत्रकार तथा एक्ट्रेस लुलिया वांतुर सँग विवाह गर्ने भएका हुन् ।
कसरी भेटिए सलमान लुलिया ?
सन् २०१० मा डबलिनमा वडिगार्डको शुटिङका क्रममा सलमानसँग लुलीयाको भेट भएको थियो । लुलिया र सलमानको भेट लुलियाको ब्वायफ्रेन्ड मारियस मोगाले नै गराएका थिए । मोगा पश्चिम मध्ये युरोपका चर्चित प्रोड्युसर , कम्पोजर र सिगंर हुन् । दुवै जना सन् २०११ मा भारतमा आए तर छिट्टैनै उनिहरु (लुलिया र मोगा) को ब्रेकअप भयो ।
त्यसपछि लुलिया डिप्रेशनको शिकार बनिन् र मनोचिकित्सक सँगको परामर्शमा ठिक पनि भईन् । दुईबर्ष पहिले सलमान र लुलिया भेट दोस्रो पटक भयो । त्यसपछि उनीहरुको सम्पर्क भईरह्यो र एकअर्का सँग नजिकिए । धेरै जसो दुबईमा बस्ने लुलिया पछिल्लो समयमा भारतमा आईन् र सलमानको परिवारसँग डेढ मनिहासम्म सँगै पनि बसिन् ।