कति कमायो फिल्म ‘के म तिम्रो होइन र’ ले ?

...

जेठ, काठमाडौं । गएको शुक्रबार देखि रिलिजमा आएको फिल्म ‘के म तिम्रो होइन र’ ले राम्रो व्यापार गरेको छ । निर्देशक आकाश अधिकारीको भनाई लाई मान्ने हो भने फिल्म करोड क्लबमा प्रवेश गरेको बताएका छन् ।

ke ma timro hoina raनिर्देशक अधिकारीले शुक्रबार बाट प्रदर्शनमा आएको यस फिल्म सोमबार सम्म आइपुग्दा करोड क्लब मा प्रवेस गरेको बताए । शनिबारमात्र फिल्मको कमाई देशभर आक्रमक भएको उनले बताए ।


फिल्ममा अभिनय गरेका नव नायक नायिका आर्यन अधिकारी र मरिष्का पोख्रेल यतिखेर उत्साहित देखिन्छन् । आफुहरुको पहिलो फिल्मले राम्रो गरेको भन्दै खुसी व्यक्त गरेका छन् ।


निर्माता सुरेश अधिकारीले निर्माण गरेको यस फिल्ममा एक्सन प्रेमकथा समावेश गरीएको छ ।