सलमानको तालुमा कपाल रोप्न दुवईदेखिका डाक्टरहरु

...

जेठ, काठमाडौं । बलिउड सुपरस्टार सलमान खानको कपाल रोप्नका लागी दुबई देखि डाक्टरहरु आएका छन् । सलमानको तालु खुइलिँदै गएपछि उनको हेयर ट्रान्सप्लान्ट हुँदैछ । त्यसका लागि डाक्टरहरुले उनलाई उनको पनभेल फार्म हाउसमा रहन सुझाव दिएका हुन् ।

salman khan - hair less photoसलमानको बहुप्रतीक्षित फिल्म सुल्तानको प्रमोसन गर्ने बेला भइरहेको बेला डाक्टरहरुले उनलाई बाहिर ननिस्कन सल्लाह दिएका छन् । उनलाई एयर कन्डिसनरमा रहन समेत सुझाव दिइएको छ।


हेयर ट्रान्सप्लान्टका लागि उनी फार्महाउसमा बस्नेछन्। चर्को घामले उनको टाउकोमा रौ ट्रान्सप्लान्ट गर्न कठिन हुन्छ। सलमानको कपाल अहिले पहिलोपटक ट्रान्सप्लान्ट गर्न लागिएको भने होइन । सन् २००३ मा नै र पछि सन् २०१२ मा उनको हेयर ट्रान्सप्लान्ट गरिएको थियो

सलमान खानको उपचारमा डाक्टरसँगै उनकी आमा सलमा र गर्लफ्रेन्ड लुलिया भेन्चरसँगै रहने छन्।