सौगात र कर्माको ‘लुकामारी’को ट्रेलर बाहिरीयो (भिडियो)

...

जेठ, काठमाडौं । फिल्म लुकामारीको ट्रेलर सार्वजनिक गरीएको छ । कलाकार सौगात मल्ल र कर्माको मुख्य भुमिका रहेको यस फिल्ममा समावेश २ गीत ट्रेलर सार्वजनिक हुनु अघिनै सार्वजनिक गरीएको छ । फिल्म आउँदो असार १० गतेबाट रिलिज हुँदैछ ।
saugat malla in lukamariश्रीराम दाहालले निर्देशन गरेको यो फिल्ममा कमेडी पनि हेर्न पाइनेछ । ट्रेलर हेर्ने हो भने मुख्य कलाकार सौगात र कर्माले दर्शकलाई हँसाउने देखिन्छ । सुरजमान सिंह भण्डारीले चलचित्र निर्माण गरेका हुन् ।


यसभन्दा अघि फिल्म लुटमा पनि सौगात र कर्माले सँगै काम गरेका थिए । जसलाई दर्शकले निकै मन पराएका थिए ।