आई लभ यु भन्दै हात काटेर फेसबुकमा फोटो पठाउँछन् ‘किन गरेँ माया’का नव नायक आयुषलाई

...

जेठ, काठमाडौं । भोली शुक्रबार अर्थात जेठ १४ गतेबाट पद्रर्शनमा आउने फिल्म किन गरें मायाका नव नायक आयुष रेग्मी यतिखेर सामाजिक सञ्जालमा आउने प्रेम प्रस्तावले हैरानी भएका छन् । दर्जनौं म्युजीक भिडियो र बिज्ञापनमा खेलिसकेका आयुषको किन गरेँ माया पहिलो फिल्म हो ।
aayush regmi

हात काटेर पठाउँछन् फेसबुकमा
नायक आयुष रेग्मीले पछिल्लो समय आफ्नो फेसबुकमा अत्यधिक प्रेम प्रस्ताव आउन थालेको बताएका छन् । मोडलिङ गर्दा बाट नै प्रेम प्रस्ताव आउने तर पछिल्लो समय बढीनै आउन थालेको उनको भनाई छ । “मलाई मेरा दर्शकहरुले धेरै माया गर्नु हुन्छ । तर हातै काटेर फेसबुकमा आई लभ यु लेखेर पठाउँदा चाँही दुख लाग्छ त्यति धेरै क्रेजी नभई दिनुभए हुन्थ्यो, माया गरिदिनुभएकोमा निकै खुसी छु”, आयुषले आर्टिस्ट खबरसँग भने । उनले अहिले सम्म करिब १० जनाले त्यसरी हात काटेर फोटो पठाएको बताए ।


जेठ १४ बाट किन गरेँ माया
फिल्म किन गरेँ माया जेठ १४ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नवनायक आयुष रेग्मी, नव नायिका सन्जु सिलवालको मुख्य भुमिका रहेको यस फिल्ममा माया प्रेमको कथा समेटिएको निर्माता दिल कुमार प्यासीले बताउँछन् । यस भन्दा अघि पनि दुई फिल्म निर्माण गरीसकेको निर्माता प्यासी यस फिल्मलाई पनि दर्शकले माया गर्नेमा बिस्वस्त देखिन्छन् ।


फिल्मलाई रमेश बोगटीले निर्देशन गरेका हुन् भने फिल्ममा आयुष र सन्जुको साथमा सरु घलन, हरीस तिमिल्सिना, सुष्मा कार्की, रश्मी भट्ट, दिलकुमार प्यासी लगायतले अभिनय गरेका छन् ।
आयुष रेग्मीसँग आर्टिस्ट खबरले गरेको भिडियो कुराकानी हेर्नुहोस् ।