दयाहाङ, प्रियंका र केकीको ‘लालटिन’को फस्ट लुक्स बाहिरियो

...

जेठ, काठमाडौं । फिल्म ‘लालटिन’को फस्टलुक सार्वजनिक गरिएको छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको ‘लालटिन’को फर्स्टलुक पोस्टरमा सांकेतिक रुपमा पात्रले ‘लालटिन’ समाईरहेको देखिन्छ ।

रिलिज मिति तय नभईसकेको यस फिल्ममा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, जनक बर्तौला, राज कटुवाल लगायतको अभिनय छन् ।

laltin first look- nepali movieभानुप्रतापको प्रस्तुती तथा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्मको सह निर्मातामा मनोज राजभण्डारी र दिपक श्रेष्ठ छन् । फिल्ममा हरि घलेको छायाँकन छ ।

विनोद ढकाल, किरण माईकल, डिजराज पौडेलको संगीत समावेश फिल्ममा रोशन श्रेष्ठको स्वन्द्व समावेश छ ।