कलाकारले आगो पारे पानीले निभायो

...

जेठ १५, गुल्मी । लोक तथा दोहोरी गीत प्रतिष्ठाको अधिवेशनमा देशभरकै कलाकारहरुको गुल्मीमा जमघट गरेर उनिहरुको वोजोड प्रस्तुतीले दिनको साढे ११ वजे देखि पौनेचार वजे सम्म तम्घासलाई तताए, गाउँले दर्शकहरुको शव्दमा आगो पारे ।

सुरुमा गुल्मेली छोरी लोक दोहरी गायिका रुपमा जिएमले कम्मर मर्काई मर्काई सालैजो गाउँन साथ दर्शक तात्न थाले । उनि लगत्तै नारायण विपी परियारले पनि रेसुङ्गाको शिर र नेउली बस्ने वन गीत गाए । फेरी स्थानिय कलाकारहरुको डान्सले हुटिङ्ग चर्कियो ।
artist in gulmiउनि पछि रामचन्द्र चन्दले नचाए जिल्ला न्यायधिस मातृकाप्रसाद मरासीनी, देखि सिडियो प्रदिपराज कँडेल सम्मलाई । उनि लगत्तै वान पिस जस्तो पातलो पहिरनमा कम्मर मर्काउन थालिन अर्की गुल्मेली गायिका शान्त परियारले । उनले पनि युवा दर्शकको ध्यान केन्द्रित गर्न सफल भईन् ।

अव पालो आयो पुस्कल शर्माको । अव कसलाई बोलाउ ? भनेर उद्घोषक भुवन भुसालले दर्शक संग सोध्धा धेरैको जवाफ आयो पुस्कल शर्मा….। उनि मञ्चमा आए पछि तालीको गडगडाहले गुञ्जायमान भयो । उनि पछि अर्की चर्चित गायिका सिता रानाले आफु पनि गुल्मेली छोरी हुँ, नमस्कार…. भन्दै मञ्चमा आई पुगेन् ।
gulmi programउनले गाएको वटुवालाई सुताए भन्ने रोईला गीतले प्रमुख अतिथी लगायत धेरैलाई नचायो । उनि पछि वेहद प्रतिक्षाका कलाकार थिए विष्णु खत्री, विमलराज क्षेत्री , चन्द्र शर्मा , खुमन अधिकारी , जमुना राना, बद्री पंगेनी, नविन पौड्याल, वैकुण्ठ महत , उज्वल गिरी लगायत तर त्यो आगो पारको माहोललाई झिम्रीक्कै निभाई दियो पानीले । आकाशबाट मुसालधारे पानी पर्न साथ मानिसहरुको भागाभाग हुन थाल्यो । अतिथी महोदयहरु छाताको ठाउँमा आफु वसेको कुर्चि ओढेका थिए ।

‘गीतले मान्छे रुवाउने विष्णु खत्रीले आकाश पनि रुवाए’
पुस्कल शर्मा पछि आउँदै हुनुहुन्छ आदरणीय दाजु, लोकप्रिय गायक विष्णु खत्री…………भन्दै उद्घोषक भुसालले पुकार्न साथ पुस्कलको भन्दा अझ जोडले हुटिङ्ग पाए विष्णु खत्रीले ।

लोक गायक खत्री स्टेजमा आएर दर्शक र अतिथीलाई सम्वोधन गरे पछि उनले हालै वजारमा ल्याएको नारीवादी गीत गाउँ है भनेरे सोध्न साथ हुन्छ… भन्दै दर्शकले ताली हानेर उनको गित सुन्न आतुर भई रहेको वेला आकाशबाट मुसालधारे पानी प¥यो ।
gulmi program 1अतिथीहरु वालमन्दिर हल भित्र पसे । मञ्च माथी टाँगिएको टेण्ट पातालो भए पनि ओत्छकी भनेर चौरबाट भित्र पसेका दर्शकरु मध्ये धेरै जसो टेण्ट भित्र पस्दा कुर्ची भाँचिने डर भयो ।

धन्न आयोजकले चलाखी गरेर कुर्चीलाई छाता बनाएर आफु पनि पानीबाट जोगिए कुर्ची पनि बचाए । त्यस पछि त ति विष्णु खत्री पनि कता गए थाह भएन अरु दिग्गज कलाकारहरु पनि देखिएनन् । प्रहरीलाई नियन्त्रण गर्न निकैै गाह्रो प¥यो ।
gulmiउद्घोषक भुवन भुसालले तपाई महिलाहरु विष्णु खत्रीको गीत सुने पनि अवस्य रुनु हुन्छ । अझ सुतेको वेला उहाँको गित सुन्नु भयो भने त तपाईले पक्कै सिरानी भिजाउनु हुन्छ भनेको थिए ।

पछि वाटा पानीले उनको गीत सुन्न नदिए पछि दर्शकहरुको प्रतिकृया यस्तो थियो –‘ विष्णु खत्रीले मान्छे त रुवाउँथे गीत गाएर आज गाउँदै नगाई आकाश समेत रुवाए । ’ ह्न पनि खत्रीले आकाश रुवाए पछि उनको फ्यानहरुको मन पनि रोयो र अरु लोकप्रिय कलाकारहरुका फ्यानहरुको पनि मन रोयो । उनिहरुलाई देख्न मात्र पाए उनिरुको प्रस्तुती भने सुन्न पाएनन् ।

तस्वीरः विष्णु खत्री मञ्चमा गीत गाउन सुरु गर्दाको दृश्य

– प्रेम सुनार बाट